तीन नयाँ मन्त्रीहरूले आजै शपथ लिँदै
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ लिने भएका छन् ।
सत्ता गठबन्धनको बैठकले एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हो ।
मन्त्रीहरूको शपथ आज अपराह्न ४ बजेपछि गर्ने तयारी छ । यी तीनै जना बिना विभागीय मन्त्री बन्न लागेका हुन् । कांग्रेस-माओवादी गठबन्धन भत्किएपछि माओवादी, एमाले र रास्वपा सम्मिलित गठबन्धन बनेको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १३:४२
प्रतिक्रिया दिनुहोस्