नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे विनिमय दर अनुसार मंगलबार नेपाली बजारमा अमेरिकी डलरसँगै अष्ट्रेलियन डलरको मूल्य घटेको छ ।
सोमबार एकको खरिददर १३२ रूपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९५ पैसा कायम भएकाे अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज एकको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९३ पैसामा काराेबार भइरहेकाे छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा घटेको हो ।
त्यस्तै, सोमबार एकको खरिददर ८६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ८६ रूपैयाँ ७३ पैसा तोकिएको अष्ट्रेलियन डलर आज एकको खरिदमा भने ८६ रूपैयाँ २९ पैसा र बिक्रीमा ८६ रूपैयाँ ६८ पैसा पाइन्छ ।
त्यसैगरी, आज क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ५६ पैसा र बिक्रीमा ९८ रूपैयाँ पाइन्छ । युरोपियन युरो भने एकको खरिदमा १४३ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४४ रूपैयाँ २८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४४ पैसा तोकेको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १९ पैसा पाइन्छ ।
त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ७० पैसा र बिक्रीदर १६८ रूपैयाँ ४६ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ।
आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६१ पैसा तोकिएको छ ।
त्यसैगरी, मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ०२ पैसा र बिक्रीमा २८ रूपैयाँ १४ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २० पैसा र बिक्रीमा ४३२ रूपैयाँ १५ पैसा पाइन्छ ।