सत्ता समीकरणको असर प्रदेशमा, गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर प्रदेशमा देखिन सुरु गरेको छ । साेहि असरमा परी गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।
केन्द्रमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालसँगको नयाँ गठबन्धन बनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार सबै मन्त्रीहरूलाई बर्खास्त गरेर चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० ११:५०
प्रतिक्रिया दिनुहोस्