NRN
फ्रान्समा संवैधानिक अधिकार बन्यो गर्भपतन सम्बन्धी अधिकार

फ्रान्सले गर्भपतनलाई संवैधानिक अधिकार बनाएको छ । योसँगै गर्भपतन गराउने अधिकारलाई आफ्नो संविधानमा समावेश गर्ने फ्रान्स विश्वको पहिलो देश बनेको छ ।

महिलालाई गर्भपतनको स्वतन्त्रता सुनिश्चित गर्न त्यहाँको संसदमा सन् १९५८ को संविधान संसोधन गर्ने पक्षमा मतदान भएको थियो । मतदानमा संसोधनको पक्षमा ७८०  मत खसेको थियो भने विपक्षमा ७२ मात्रै मत झरेको थियो ।

संशोधन पछि राष्ट्रपति इम्यानुएल म्याक्रोले विश्वकै लागि यो संशोधन उदाहरण बनेको बताएका छन् । उनले यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताएका छन् । 

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update