NRN
‘बेष्ट टेलरिङ अवार्ड,२०२४’ पायाे मेरिना इम्पेक्सले

मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको छ ।

सोह्रौ कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाइ ‘बेष्ट टेलरिङ अवार्ड,२०८०’ प्रदान गरिएको हो ।

कर्पोरेट मिडिया ग्रुपले बिगत सोह्र बर्षदेखि बिभन्न बिधामा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै आएको छ । ग्रुपले यस बर्ष ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ मा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्ति व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरेको हो ।

बेष्ट टेलरिङ अवार्डले ग्रहकमैत्री सेवाका लागि थप प्रेरित गरेको मेरिना इम्पेक्सका अर्जुन बस्नेतले बताए । उनले ग्राहकको चाहनालाई बुझेर विगत ४० वर्षदेखि स्तरिय शर्टिङ, शुर्टिङ तथा टेलरिङ सेवा दिँदै आएको र गुणस्तरमा सम्झौता नगर्ने भएकोले मेरिना इम्पेक्सले ग्रहकको विश्वास जितिरहेको बताए ।

काठमाडौंको नयुरोड, बागबजार, सामाखुसी र गाबहाल पाटनमा रहेका ४ शाखाबाट सेवा दिँदै आएको मेरिना इम्पेक्स विभिन्न व्यापारिक र शैक्षिक संस्थाका युनिफर्मका लागि परिचित छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update