NRN
बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायलेआज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

आज ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ ।

शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गर्छन्। जसकाे अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरू हुन्छ । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ ।

ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो ।

ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन् ।

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update