राष्ट्रिय सभा अध्यक्षमा सांसद नारायण दाहाल र युवराज शर्माकाे उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका सांसद नारायण दाहाल र नेपाली कांग्रेसबाट सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
संसद सचिवालयका अनुसार सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । त्यस्तै, कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।
यससँगै अध्यक्ष पदको लागि इच्छुकले सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्ने प्रावधान छ । जसको भोलि मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० ११:४१
प्रतिक्रिया दिनुहोस्