प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गर्याे ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन ह्विप जारी
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले ३० गते विश्वासको मत लिने कार्यसूची छ ।
कांग्रेस सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले २१ फागुन नयाँ गठबन्धन बनाएका थिए । जसमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र एकीकृत समाजवादी छन् ।
गठबन्धन फेरिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १२:५९
प्रतिक्रिया दिनुहोस्