एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन
रूपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको आज उद्घाटन गरिएको छ । गएको जेठ ३० गते शिलान्यास भएको क्रिकेट मैदान ९ महिनामै निर्माण सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मैदानको उद्घाटन गरेका हुन् । गुल्मी घर भइ अष्ट्रेलियामा बस्दै आएका विनोद कुँवर र उहाँकी श्रीमती सुदीक्षा गौतमले ४० करोड रुपैयाँको निजी लगानीमा क्रिकेट मैदान निर्माण गरेका हुन् ।
सो मैदानको निर्माणसँगै आज तिलोत्तमा लिजेन्ट्स कप आयोजना गरिएको छ । टी-२० फर्म्याटमा चार वटा टिमहरूले खेल्दैछन् । जसमा १९९६ लिजेन्ट्स, २०१४ वर्ल्ड कप लिजेन्ट्स, रेस्ट अफ नेपाल र रूपन्देही लिजेन्ट्स रहेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १३:१९
प्रतिक्रिया दिनुहोस्