NRN
मंगलबार घट्याे अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्डको मूल्य, अन्य मुद्राकाे कति ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्डको मूल्य घटेको छ ।

सोमबार एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा कायम गरिएकाे अमेरिकी डलर आज एकको खरिददर १३२ रूपैयाँ १२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७२ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसा घटेको हो ।

त्यसैगरी, सोमबार एकको खरिददर ८७ रूपैयाँ ६० पैसा र बिक्रीमा ८७ रूपैयाँ ९९ पैसा तोकिएको अष्ट्रेलियन डलर आज एकको खरिदमा भने ८७ रूपैयाँ ४० पैसा र बिक्रीमा ८७ रूपैयाँ ८० पैसा पाइन्छ । 

मंगलबार क्यानेडियन डलर भने एकको खरिदमा भने ९८ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४७ पैसा पाइन्छ । 

त्यस्तै, एकको खरिदमा १६९ रूपैयाँ ९४ पैसा र बिक्रीमा १७० रूपैयाँ ७२ पैसा तोकिएको पाउण्ड स्टर्लिङ आज एकको खरिददर १६९ रूपैयाँ ७१ पैसा र बिक्रीदर १७० रूपैयाँ ४९ पैसा पाइन्छ । 

त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा तोकिएको छ भने मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २१ पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा पाइन्छ ।

आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४५ रूपैयाँ २० पैसा पाइन्छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३९ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ०७ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २१ पैसा पाइन्छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update