राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मा र नारायण प्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत
राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मा र नारायण प्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।
मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे भने नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर आछामीले नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।
राष्ट्रिय सभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन् भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १२:४४
प्रतिक्रिया दिनुहोस्