हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ । नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
हङकङको मिसन रोड ग्राउन्डमा खेल आज ११:४५ बजे सुरु हुनेछ ।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । खेल रद्द भएपछि नेपाल र हङकङले एक/एक अंक बाँढेका थिए।
मंगलबार नेपालले पीएनजीलाई र पीएनजीले हङकङलाई पराजित गर्दै दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका थिए ।
नेपाली टिममा कप्तान रोहित कुमार पौडेलको, कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन् ।
आजै तेस्रो स्थानका लागि हङकङले आजै हङकङ ए सँग खेल्दै छ ।