लामिछानेलाई गृहमन्त्री बनाएकोप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसले माग्याे प्रधानमन्त्रीसगँ जवाफ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको जवाफ मागेकाे छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।
‘विवादास्पद मन्त्रीहरूको विषयमा कुरा उठिरहेको छ । प्रधानमन्त्रीले अहिले सरकारमा उथलपुथल गरेर मन्त्रीहरू ल्याउनुभएछ । उनले भनिन्, उहाँले क्लिनचिट पाएका मन्त्रीहरू कसरी ल्याउनुभएछ भन्दा सहकारी ठगीमा जोडिएकालाई गृहमन्त्रीमा ल्याउनुभएछ । उहाँले साँचिक्कै उथलपुथल गर्नुभएछ । नेपाल प्रहरीले गृहमन्त्रीज्यूलाई स्यालुट गर्दै आफ्नो मुद्दामा आफैं दोषी ठहर गर्नेगरी अनुसन्धान होला कि नहोला ।’
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० ११:५९
प्रतिक्रिया दिनुहोस्