NRN
पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य

हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । 

पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन/तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update