NRN
सभामुखमा देवराज घिमिरे निर्वाचित

काठमाडौं । सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए । 

सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए ।  घिमिरेकाे पक्षमा १६७ मत परेकाे छ भने विपक्षमा १०० मात्र मत परेकाे छ ।  साथै मत दिन्न भन्नेमा १ मत परेको छ । 

१७६ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको ज्येष्ठ सदस्य राणाले जानकारी दिए । 

घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो । 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update