NRN
नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य बढ्दा अन्य मूल्य कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले निर्धारण गरेकाे मूल्य अनुसार नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य बढेको छ ।

बुधबार एकको खरिददर १३२ रूपैयाँ १४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७४ पैसामा काराेबार भएकाे अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज एकको खरिददर १३२ रूपैयाँ २९ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८९ पैसामा काराेबार भइरहेकाे छ ।यो मूल्य अघिल्लो दिनको १५ पैसा बढेको हो ।

त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ४८ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ०६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५१ पैसा पाइन्छ ।

त्यसैगरी, युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ७१ पैसा र बिक्रीमा १४५ रूपैयाँ ३७ पैसामा काराेबार भइरहेकाे छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४३ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ । 

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ३० पैसा र बिक्रीदर १७० रूपैयाँ ०७ पैसा तोकिएको छ  भने बिहीबार युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०२ र बिक्रीमा ३६ रूपैयाँ १८ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २२ पैसा र बिक्रीमा २८ रूपैयाँ ३५ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८७ पैसा तोकिएको छ ।बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ६३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ५८ पैसा पाइन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update