NRN
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो ४८५ पृष्ठको प्रतिवेदन

सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।

सरकारले गत असोज १५ गते पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन समिति गठन भएकाे समितिले झन्डै ५ महिना अध्ययन गरेको आयोगले आज सिंहदरबारमा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो । 

आयोगका अनुसार १३ परिच्छेदमा ४८५ पृष्ठको प्रतिवेदन तयार भएको छ । 

गत असार १४ गते बसेको मन्त्रिपरिषदको बैठकले दुई वटा सुन प्रकरणको छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गरेको थियो । त्यसयता आयोगले छानबिन गर्दै आएको थियो । 

आयोगलाई तीन महिनाका लागि समय दिइएको थियो । तर अनुसन्धान नसकेपछि दुई महिनाको समय थप गरेको थियो । त्यसपछि पनि आयोगले फागुन मसान्त सम्मको समय माग गरेपछि आयोगले बिहीबार प्रतिवेदन बुझाएको हो । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update