गृहमन्त्रीले बुझाए प्रधानमन्त्री ‘प्रचण्ड लाई सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका छन् ।
शुक्रबार बिहान बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका छन् ।
आयोगले बिहीबार गृहमन्त्री लामिछानेले समक्ष सो प्रतिवेदन बुझाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० ११:०७
प्रतिक्रिया दिनुहोस्