साताकाे अन्तिम दिन अर्थात् शुक्रबारकाे नेपाल राष्ट्र बैंकले विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८२ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ १७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६२ पैसा पाइन्छ ।अष्ट्रेलियन डलर भने एकको खरिदमा आज ८७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ८८ रूपैयाँ ०१ पैसामा काराेबार भइरहेकाे छ ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रूपैयाँ ३५ पैसा र बिक्रीदर १७० रूपैयाँ १२ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ६६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ३२ पैसा पाइन्छ ।
त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ र बिक्रीमा ३६ रूपैयाँ १६ पैसा पाइन्छ भने मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ २२ पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा काराेबार भइरहेकाे छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४२ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ८३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ४२ पैसा तोकिएको छ भने शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ४३ पैसा पाइन्छ ।