NRN
सुन तस्करीमा जोगाइएका पूर्वसभामुख महरासहित उच्चपदस्थलाई मुद्दा चलाउन सिफारिस

सुन तस्करी प्रकरणमा संलग्न आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वआईजीपी सवेन्द्र खनालसहितका उच्चपदस्थलाई कारबाही सिफारिस गरेको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरासहितलाई मुद्दा चलाउन सिफारिस गरेको हो । 

आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको र प्रमाण लुकाउने र भीआईपीहरूलाई बचाउन सहयोगी भूमिका निर्वाह गरेको निकर्ष निकालेको छ । 

हङकङबाट तस्करी भएको ६० किलो साथै भेपमा लुकाएर तस्करी गरिएको सुनलगायतका प्रकरणको जाँचबुझका लागि आयोग बनाइएको थियो ।

आयोगले हिजो गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update