आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
अघिल्लो दिन अर्थात् शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनकाे तलनामा यसदिन सुन प्रतितोला चार सय रूपैयाँ नै घटेको हो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ ।
शुक्रबार प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १५ सय ३० रूपैयाँमा काराेबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।