NRN
प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमाआज विहान ८:३० बजे निधन भएको हो ।

आज विहान काठमाडौँ कात्यायनिस्थित निवासमै हृदयघात भएपछि परिवारका सदस्यहरुलाई उपचारका लागि सिभिल अस्पताल पुर्‍याएका थिए ।

२ चैत २०७९ मा पार्टीले सिफारिस गरेपछि निर्वाचन आयोगले ६ चैतमा उनलाई सांसद बनाउने निर्णय गरेको थियो । १९ चैत २०७९ मा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।

सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् ।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गर्नुभएकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज रहेकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update