NRN
सोमबारकाे अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्याे युरोपियन युरो, अन्य मुद्रा कतिमा हुदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले सोमबारकाे लागि विदेशि मुद्रकाे विनिमय दर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे मूल्य अनुसार सोमबार युरोपियन युरो बढेकाे छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

राष्ट्र बैंकले सोमबार अनुसार आइतबार एकको खरिददर १३२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९१ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ८१ पैसा र बिक्रीमा ८७ रूपैयाँ २० पैसा तोकिएको छ भने सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७० पैसा र बिक्रीमा ९८ रूपैयाँ १५ पैसा पाइन्छ ।

त्यसैगरी, आइतबार एकको खरिददर १४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७१ पैसा कायम गरिएको युरोपियन युरो आज एकको खरिददर १४४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७३ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा बढेको हो ।

मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ १२ पैसा र बिक्रीमा २८ रूपैयाँ २५ पैसामा काराेबार भइरहेकाे छ भने आज युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ०२ पैसा र बिक्रीमा ३६ रूपैयाँ १९ पैसा पाइन्छ । 

त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ ५८ पैसा र बिक्रीमा १६९ रूपैयाँ ३४ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४४ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६२ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३१ पैसा पाइन्छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update