NRN
सुन तस्करी प्रकरणमा महरा पक्राउ परेपछि नेपाली कांग्रेसका महामन्त्री थापाले दिए सरकारलाई धन्यवाद

सुन तस्करी प्रकरणमा माओवादी केनद्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई धन्यवाद दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठककाे विशेष समयमा बोल्दै महामन्त्री थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।

‘केही समयअगाडि तत्कालीन प्रतिपक्षी नेकपा एमालेले एउटा विषय जोडदार ढङ्गले उठायो । सुन तस्करी प्रकरणमा शक्तिशाली मान्छे संलग्न भएका छन् । त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुङ्गोमा पुग्न सक्दैन’, ‘शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशङ्का सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने हामीले सुन्यौँ । उनले भने, सरकारलाई धन्यवाद छ ।’

‘सुन छानबिन आयोगले किटान गरेको मान्छे छुट्नु हुन्न हाम्रो साथ छ ।,’ थापाले भने, ‘तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ । योसँगै हामीलाई एउटा कुरा सिकाएको छ । त्यो बेला नेकपा एमालेले जोडदार ढङ्गले आवाज नउठाएको भए । आयोग नबन्ने रहेछ । आयोग नबनेको भए सुन काण्ड फासफुस हुने रहेछ ।’

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update