NRN
सुन एकैदिन दुई हजार छ सय रूपैयाँ बढ्दा बढ्याे चाँदीको मूल्य पनि, कतिमा हुँदैछ काराेबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार आठ रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला दुई हजार छ सय रूपैयाँ बढेको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

महासंघका अनुसार आज यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो । बुधबार चाँदी प्रतितोला एक हजार पाँच सय २० रूपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update