NRN
अरनिको पाँडेसहित चार जनालाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त

अरनिको पाँडेसहित चार जना राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । सत्तागठबन्धनले भागबन्डाका आधारमा राष्ट्रिय योजना आयोग सदस्य नियुक्त गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारी त्रिवि अर्थशास्त्र विभागीय प्रमुख, संगीता सहरी विकास विज्ञ, पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा जलवायु विज्ञसमेत हुन् ।

महत र अधिकारी नेकपा (एमाले) निकाट हुन् भने पाँडे रास्वपा केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update