NRN
भियतनामको कार्यबाहक राष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति जुआन नियुक्त

भियतनामको कार्यबाहक राष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति भो थि एन्ह जुआनलाई नियुक्त गरिएको छ ।

भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति भो भान थुहाङले बुधवार राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यवाहक राष्ट्रपति बनाइएको हो । भियतनामी राष्ट्रिय सभा (एनए) को असाधारण अधिवेशनमा उक्त निर्णय गरिएको छ । 

नयाँ राष्ट्रपति चयन नहुञ्जेलसम्म जुआनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने राष्ट्रिय सभा स्थायी समितिले जनाएको छ । बैठकले थुओङलाई सन् २०२१-२६ को राष्ट्रपति र राष्ट्रियसभाका १५ औँ उपप्रमुखको कार्यकालबाट पनि पदमुक्त गरेको छ । 

निवर्तमान राष्ट्रपति थुओङले कानुनी ‘उल्लङ्घन र कमी कमजोरीका लागि आफू दोषी रहेको स्वीकार गर्दै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए।  भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताएका थिए ।

बुधबार भियतनामको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले थुओङको व्यक्तिगत अनुरोधमा उनको राजीनामा स्वीकृत गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update