NRN
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ भारतमा आजदेखि सुरु, चेन्नई र बेंगलुरू भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ आजदेखि भारतमा सुरु हुँदैछ ।

१७ औं संस्करणको आईपीएलको पहिलो खेल आज चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ भने विराट कोहलीको कप्तानीम रहेको बैङ्गालोरले टोलीमा स्टार खेलाडी अनुबन्ध गरे पनि हालसम्म एक पटक पनि उपाधि उचाल्न सकेको छैन ।

यस सिजनदेखि महेन्द्रसिंह धोनीले चेन्नईको कप्तानी गर्नेछैनन् । धोनीको यो अन्तिम आईपीएल सिजन हुँदा नेतृत्वमा युवा ओपनर ऋतुराज गायकवाडलाई तयार पार्न चाहन्छन् । बेंगलुरुको कप्तानी फाफ डु प्लेसिसले गर्नेछन् ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update