NRN
आइसिसी टी-२० विश्वकप : नेपालले आज अभ्यास खेल आयरल्याण्ड 'ए' सँग खेल्दै

आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले आज अभ्यास खेल आयरल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो ।

नेपालले आगामी टी–२० क्रिकेट विश्वकप र एसिया कप छनोटको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।

यस्तै नेपालको सिनियर टोलीले आयरल्याण्ड ‘ए’सँग मङ्गलबार टी–२० खेल खेल्ने तय भएको छ । त्यसपछि यही टिमसँग नेपालको ‘ए’ टिमले चैत १५, १६ र १८ मा टी-२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल खेल्नेछ ।

सिनियर टिम भने मंगलबारको खेलपछि भारत भ्रमणमा जानेछ । गुजरातमा नेपालले बरोडा र गुजरातसँग २-२ वटा टी-२० खेल खेल्ने छ ।

सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी-२० र तीन एकदिवसीय खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

आज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update