नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन–चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार नौ सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लाे दिनकाे तुलनामा यसदिन सुन मूल्य प्रतितोला दुई सय रूपैयाँ बढेको हो ।
त्यसैगरी, शुक्रबार प्रतितोला १५ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १५ सय १५ रूपैयाँमा काराेबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।