नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । उक्त सार्वजनिक गरेकाे दर अनुसार नेपाली बजारमा आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
राष्ट्र बैंकका अनुसार आइतबार एकको खरिददर १३३ रूपैयाँ १९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७९ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
आइतबार एकको खरिददर १४४ रूपैयाँ १२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७७ पैसा किनबेच भएकाे युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रूपैयाँ ५९ पैसा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १८ पैसा घटेको हो ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ७७ पैसा र बिक्रीमा ८७ रूपैयाँ १६ पैसा तोकिएको छ भने सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ८८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३२ पैसा पाइन्छ ।
त्यसैगरी, पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रूपैयाँ ८६ पैसा र बिक्रीमा १६८ रूपैयाँ ६२ पैसा पाइन्छ ।
त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४३ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ११ पैसा र बिक्रीमा २८ रूपैयाँ २४ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६७ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९१ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७८ पैसा पाइन्छ ।