NRN
अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना घाइते

अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

आज बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको  प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मेल्लेख-१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् भने ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका छन् । 

मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते भएका तीनैजनालाई जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update