नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५६ पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ १८ पैसा र बिक्रीमा ८७ रूपैयाँ ५८ पैसामा काराेबार भइरहेकाे छ । त्यस्तै, क्यानेडियन डलर भने एकको खरिदमा भने ९८ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४७ पैसा पाइन्छ ।
त्यसैगरी, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९८ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ०७ पैसामा पाइन्छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ १७ पैसा र बिक्रीमा २८ रूपैयाँ ३० पैसा ताेकिएकाे छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३७ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २८ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २४ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १९ पैसा पाइन्छ ।