सत्तारूढ नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने
सत्तारूढ नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने भएको छ ।
बालुवाटारमा आज बिहान बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको हो ।
इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि ती दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० ११:५५
प्रतिक्रिया दिनुहोस्