(राप्रपा)का अध्यक्ष लिङ्देन र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो ।भेटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण छलफल भएको उनले बताए ।
भेटका अवसरमा अध्यक्ष लिङदेनले सरकारलाई ४० बुँदे माग पेश गरेको र काठमाडौं केन्द्रित प्रदर्शनको तयारीमा रहेको जानकारी राजदूत थम्पसनलाई गराएका थिए । सुशासन, विकास, सेवाप्रवाह, वैदेशिक लगानीलगायत विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १२:५१
प्रतिक्रिया दिनुहोस्