NRN
गृहमन्त्री लामिछानेले दिए संसदीय समितिमा विनोद चौधरी र दुर्गा प्रसाईंबारे स्पष्टीकरण

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको जवाफ दिएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले पहिला थुन्ने र कुरा सुन्ने काम विनोद चौधरीको हकमा सरकारले नगरेको बताए । 

‘सरकारले पहिला थुन्ने अनि सुन्ने गर्दैन । पहिला सुन्नपर्छ, नसुनी थुन्न हुँदैन भन्ने कुरामा मेरो बुझाई छ’, उनले भने, ‘त्यहीअनुसार माननीय विनोद चौधरीको केसमा पनि भएको हो । कसैप्रति दुषित पूर्वाग्रह राख्ने काम हामीबाट हुँदैन ।’

संसदीय समितिमा जवाफ दिने क्रममा लामिछानेले बीएन्डसी अस्पतालका मालिक दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा धेरै अधिकार प्रयोग गरेको देखिएको पनि बताउँदै उनले भने, ‘दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरेको देखिएको छ’, ‘हतियारको मालिक एकजना देखियो । तर प्रयोग अर्कैले गरेको पाइयो । चलाउने ब्यक्तिको हातमा हतियार नभएको कुरा थाहा भएपछि अनुसन्धान हुँदैछ ।’ 

उनले अहिले उजुरी दर्ताको प्रवृत्तिमा धेरै गुनासा रहेका पनि बताए । 

‘हाम्रा राष्ट्रसेवक कसैको भाँडा माझेर, लुगा धोएर बस्दैनन्’, उनले भने, ‘आवश्यकता भएको खण्डमा अनुसार कदम चाल्दै जानेछौँ ।’

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update