NRN
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले  दिइन् राजीनामा

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन् ।

उपाध्यक्ष अर्याल पनि माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन् ।

नेकपा (माओवादी केन्द्र) बाट नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।

यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो ।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update