संवैधानिक परिषदको बैठक आज बस्दै
संवैधानिक परिषदको बैठक आज बस्दैछ ।
बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बिहान बस्न लागेको हो ।
बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ । यही विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलसमेत गरेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० ०७:४७
प्रतिक्रिया दिनुहोस्