NRN
महालेखा परीक्षकमा तोयम राया सिफारिस

महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम सिफारिस गरेको हो । 

महालेखा परीक्षक संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो । महालेखापरीक्षकको कार्यकाल ६ वर्षेको हुन्छ ।

राय राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी छन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update