साताकाे पहिलाे दिन अर्थात् आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । उक्त सार्वजनिक गरेकाे दर अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
शुक्रबार एकको खरिददर १३३ रूपैयाँ १५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७५ पैसामा कारोबार भएको अमेरिकी डलर आइतबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ७१ पैसा र बिक्रीमा ८७ रूपैयाँ १० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा पाइन्छ ।
त्यसैगरी, शुक्रबार एकको खरिददर १६८ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ८३ पैसा कायम गरिएको पाउण्ड एकको खरिदमा १६७ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६९ पैसामा काराेबार भइरहेको छ ।
शुक्रबार एकको खरिदमा १४३ रूपैयाँ ७२ पैसा र बिक्रीमा १४४ रूपैयाँ ३७ पैसा तोकिएको युरोपियन युरो आज एकको खरिददर १४३ रूपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३१ पैसामा काराेबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा घटेको हो ।
त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ १८ पैसा र बिक्रीमा २८ रूपैयाँ ३१ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७७ पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७२ पैसा पाइन्छ ।