NRN
सोमबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशि मुद्रा कतिमा हुँदैछ किनबेच ?

सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । जसअनुसार सोमबार पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

राष्ट्र बैंकका अनुसार गत शुक्रबारदेखि एकको खरिददर १३३ रूपैयाँ १५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७५ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही मूल्यमा काराेबार भइरहेको छ । 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ८४ पैसा र बिक्रीमा ८७ रूपैयाँ २३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा पाइन्छ ।

त्यसैगरी, सोमबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३८ पैसा तोकिएको छ भने पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ १० पैसा र बिक्रीमा १६८ रूपैयाँ ८६ पैसा पाइन्छ ।

मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ १८ पैसा र बिक्रीमा २८ रूपैयाँ ३१ पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७७ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ७८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७३ पैसा पाइन्छ ।

 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update