NRN
टी-२० सिरिजको अन्तिम खेल आज नेपालको ‘ए’ टिम र आयरल्याण्ड वुल्भ्स खेल्दै

नेपालको ‘ए’ टिम र आयरल्याण्ड वुल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ । खेल त्रिवि मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

नेपालले एक खेल बाँकी छँदै सिरिज गुमाइसकेको छ । आजको खेलमा जितेर क्लीन स्विप हुनबाट जोगिने प्रयासमा नेपाल हुनेछ ।

आयरल्याण्ड वुल्भ्सविरूद्ध शनिबार नेपाल ४० रनले पराजित भएको थियो । त्यसअघि पहिलो खेलमा २१ रनले पराजित भएको थियो ।

नेपाली टिममा ‘ए’मा कप्तान विनोद भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन् ।

 

 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update