NRN
नेपाल ‘ए’ ले  गुमायाे आफ्नो तेस्रो विकेट

आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४.५ ओभरमा कप्तान भण्डारीलाई गुमाएको हो ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका विनोद आठ बलमा एक छक्काको मद्दतले ११ रन बनाउँदै आउट भएका हुन् । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले बोल्ड गरेका हुन् ।

उनले नेपाली टिमको खातामा ११ रन थपे । जारी खेलको पाँच ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर ३५ रन बनाएको छ ।

 

 

 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update