NRN
अष्ट्रेलियाको क्रिकेटमा जम्दै दोस्रो पुस्ताका यी नेपाली

- राजन घिमिरे, सिड्नी

अष्ट्रेलियामा स्थापित भएको पहिलो नेपाली पुस्ताले निकै हण्डर खानु पर्यो । निकै सास्ती ब्यहोर्नु पर्यो । संघर्ष र मिहेनत त कति हो कति…? अबस्था जे जस्तो आएता पनि र आफू जे - जसरी स्थापित भएता पनि पहिलो पुस्ताले भने आफ्ना सन्तान अर्थात दोस्रो पुस्ताको इच्छा , उद्देश्य र चाहलाई भने मर्न दिएका छैनन । आफ्ना सन्तानको चाह र इच्छालाई बुझेर उनिहरूलाई बिबिध क्षेत्र र बिधामा सक्रिय गराउंन लागि परेको देखिन्छ । पछिल्लो समय अष्ट्रेलियामा जन्मिएको र हुर्किएको नेपालीहरूको दोस्रो पुस्ताले यहांको मूल राजनितीदेखी खेलकूद लगायतका क्षेत्रमा देखाएको सक्रियता वा सफलता सांच्चै उल्लेख गर्न लायकको देखिएको छ ।

प्रसंग र कुरा हो अष्ट्रेलियाको सिड्नी निवासी निरभ शर्माको । अहिले मात्र १४ बर्ष पुगेका उनी बिनोद शर्मा र पबिता शर्माका छोरा हुन । नेपालको चितवनका बिनोद र पबिता २५ बर्ष अगाडि सिड्नी आएका थिए । निरभ अष्ट्रेलियाको दोस्रो पुस्ताको नेपाली हुन । सिडनीमा नै जन्मिएका निरभले यो उमेरमा यहाँ क्रिकेट खेलमा पाएको सफलता र अबसर सांच्चै लोभ लाग्दो रहेको छ । दश बर्षको उमेरदेखी नै निरभ अष्ट्रेलियाको एन.एस. डब्लु राज्यको जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउंदै आएका खेलाडी हुन । क्रिकेट खेलना उनले देखाएको दक्षता र क्षमताकै कारण निरभ अष्ट्रेलियाको एनएसडब्लु राज्यबाट पन्ध्र बर्ष मूनिको राज्य खेलाडीको रूपमा छनौट भएका छन ।

905a6a16-eabe-42c2-9eea-aa4724917424-1712133727.jpg
 

यो बर्ष यो राज्यबाट यसरी छनौट हुने निरभ एक मात्र नेपाली हुन । यो समूहमा निरभसंगै भारत र श्रीलंका लगाएतबाट पनि छनौट भएका छन भने २४ जना भित्र निरभ मात्र एक नेपाली हुन -‘ यो सब छोरोको परिश्रम र कडा मिहेनतको फल हो । उसले चाहेको बिषयमा लाग्न हामीले साथ मात्र दिएका हौं । मिहेनत त उसैले गरेको हो -‘ निरभका माता बिनोद र माता पबिता शर्माले भने । यसरी छनौटमा परेपछी अब क्रिकेट खेलका लागि थप प्रशिक्षण र तालिम दिएर अष्ट्रेलियाको एनएसडब्लु राज्यले १६,१७ र १९ बर्ष मुनिको भबिष्यको सफल र दक्ष खेलाडी बनाउंन निरभलाई बिशेष तालिम दिने तयारी गर्ने छ ।

3fdd33bf-b824-4710-aaf6-d5f751766fa6-1712134224.jpg
 

निरभ अधिल्लो बर्ष नै आफू भन्दा दुई बर्ष माथिको १६ बर्ष उमेर भन्दा तलको सिड्नीमा भएको ग्रिन सिल्डमा सहभागि भएका थिए । जून प्रतियोगिता एनएलडव्लु राज्यको माथिल्लो तहको क्रिकेट प्रतियोगिता हो । यसैबीच निरभ अप्रिल ८ तारेखका दिन क्रिकेट खेलका लागि आफ्नो क्षमता अभिबृद्री गर्न १७,बर्ष मूनीको उमेरोको प्रतिस्पर्धात्मक क्रिकेट प्रतियोगिता खेल्न अष्ट्रेलियाबाट बैंगलोर जाने भएका छन । एक महिनाको बैंगलोर बसाईमा उनी दुई हप्ता प्रतियोगिता खेल्ने छन भने बाँकी दुई हप्ता बिभिन्न प्रशिक्षणमा ब्यस्त रहने छन । नेपालको क्रिकेट खेलको अबस्थाको बारेमा राम्रो जानकारी छ निरभलाई -‘ पहिला भन्दा अहिले नेवालको क्रिकेट अगाडि बढेको छ ।

बिश्वकपमा समेत नेपाली खेलाडि र नेपाली खेलको चर्चा हुन कम गौरबको कुरा होइन -‘ ।अष्ट्रेलियामा जन्मिएता पनि नेपाली भाषा राम्रोसंग बोल्न र बुझ्न सक्ने निरभले आफू हाल क्रिकेटको अभ्यास गरिरहेको र परिपक्क हुन अझै समय लाग्ने कुरा बताए -‘ म जन्मेको पो यहाँ हुं । मेरो पूर्खा त नेपाली हो नि । मेरो शरिरमा पनि नेपाली रगत छ । भोली समयले साथ दियो या आबश्यकता भयो र संयोग मिलेमा नेपालबाट पनि क्रिकेट खेल्न सक्छु -‘ उनले भने -‘ मेरो सपना र योजना भने १९ बर्ष उमेर मुनिको बिश्वकप खेल्नु छ -‘ उनले भबिष्यको लक्ष्य बताए ।

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update