NRN
केकेआरसँग डीसी १०६ रनको फराकिलो अन्तरले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । कोलकाताले  दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो ।

यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९ औं स्थानमा छ ।

डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टन स्टुबसले ५४ रन, डेबिड वार्नरले १८ र पृथ्वी शाहले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कोलकातका लागि वरुण चक्रवर्ती र वैभव अरोराले समान ३-३ विकेट लिए। यस्तै मिचेल स्टार्कले २ विकेट लिए भने आन्द्रे रशल र सुनिल नरिनले समान १-१ विकेट लिए।

विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । 

कोलकाताका ओपनर सुनिल नारायणले ३९ बलमा ७ चौका ७ छक्कासहित सर्वाधिक ८५ रनको आक्रामक इनिङ खेले ।

ब्याटर अंग्क्रिस रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए । रघुवंशी र नारायणले दोस्रो विकेटका लागि ४८ बलमा १०४ रनको शतकीय साझेदारी गरेका थिए ।

आन्द्रे रसेल १९ बलमा ४ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । रिंकु सिंह ८ बलमा १ चौका र ३ छक्कासहित २६ रनमा क्याच आउट भए । ओपनर फिलिप साल्ट र श्रेयस ऐर १८/१८ रनमा आउट भए ।

दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए भने ईशान्त शर्माले २, खलिल अहमद र मिचेल मार्शले १/१ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update