नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे दर अनुसार बिहीबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ ।
बुधबार एकको खरिददर १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८० पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको ८ पैसा बढेको हो ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ८७ रूपैयाँ १७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ १५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५९ पैसा पाइन्छ ।
त्यसैगरी, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ६० पैसा र बिक्रीमा १४४ रूपैयाँ २४ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३३ पैसा पाइन्छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ०१ पैसा र बिक्रीमा २८ रूपैयाँ १४ पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २७ र बिक्रीमा ३६ रूपैयाँ ४३ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६७ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६९ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९१ पैसा तोकिएको छ । बिहीबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७८ पैसा पाइन्छ ।