NRN
पक्राउ परेका गायक राजेश पायल राई छुटे

गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ ।

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई आज छाडिएको हो ।

प्रहरीलाई समेत धम्की दिएपछि राईसहित ८ जना गएराति पक्राउ परेका थिए । मदन भण्डारी कलेज अगाडिबाट पक्राउ परेका राजेश पायल राई सहित तीन जना र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई नयाँ वानेश्वर प्रहरी वृत्तमा राखिएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update