जसपाबाट बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने
जनता समाजवादी पार्टी (जसपा) बाट बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् । आज बसेको पार्टीको कार्यकारीणी समितिको बैठकले खानलाई नयाँ सांसद सिफारिस गरेको हो ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु शर्मा अन्सारी सांसद मनोनीत भएकी थिइन् । उनको यही चैत ४ गते काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
उनको निधनपछि जसपाको समानुपातिक तर्फको मुस्लिम कोटाको अन्तिम कल्सटरमा नाम रहेका खानले मौका पाएकी हुन् ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १२:२७
प्रतिक्रिया दिनुहोस्