NRN
गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी

गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले गायक ओडविरूद्ध वैवाहिक बलात्कार मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएपछि प्रहरीले गायक ओडको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

गायन रियालिटी शो नेपाल आइडलका विजेता समेत रहेका गायक रवि ओडविरुद्ध बुधबार आफ्नै श्रीमतीले वैवाहित बलात्कारको जाहेरी दिएकी थिइन् । सोही दिन प्रहरीले पक्राउ अनुमति लिएर खोजी गरिरहेको भएपनि उनी भेटिएका छैनन् । 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update