NRN
आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपालको ‘ए’ टोली पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपालको ‘ए’ टोली पराजित भएको छ । आयरल्यान्डले नेपाललाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

१७४ रनको लक्ष्य पछ्याएको नेपाल 'ए' ले १६.५ ओभरमा सबै विकेट गुमाएर ६० रन जोड्न सक्यो ।

 नेपाल 'ए' का लागि भिम सार्कीले १७ रन जोडे । कप्तान विनोद भण्डारीले १६ रन बनाए । आयरल्यान्ड उल्भ्सका लागि म्याथ्यु हमफ्रेयसले ६ तथा थोमस मेयस र फियोन ह्यान्डले २-२ विकेट हात पारे । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि १७४ रन बनाएको थियो ।

एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ । 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update